घरभित्रै महिला मृत फेला

घरभित्रै महिला मृत फेला

images
बुधवार, आषाढ ६ २०८१
  • दाङको तुलसीपुरमा एक महिला घरभित्रै मृत फेला परेकी छन्।

    तुलसीपुर उपमहानगरपालिका–७ ग्वारखोलाकी ५८ वर्षीया ठगी खनाल बुधबार बिहान आफ्नै घरभित्र मृत फेला परेकी हुन्।

    खनाल एक्लै बस्दै आएकी थिइन्। छोराहरू छुट्टिएर बसिसकेका थिए।  केही समय पहिले उनका श्रीमानको पनि मृत्यु भएको हुँदा उनी घरमा एक्लै बस्दै आएकी थिइन्। 

    बिहान अबेरसम्म पनि  खनालले ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुगेर ढोका खोली  हेर्दा खनाल कोठाभित्र मृत फेला परेकी थिइन्। 

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले  घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend