इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन् ।
आइतबार राति भएको युरोकप २०२४ को फाइनलमा इंग्ल्याण्ड स्पेनसँग २–१ पराजित भएको थियो ।
युरोकपको फाइनलमा लगातार दोस्रो पटक हारेपछि साउथगेटले प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् ।
८ वर्षसम्म प्रशिक्षक रहेका ५३ वर्षीय साउथगेटको नेतृत्वमा इंग्ल्याण्डले १०२ खेल खेल्यो । उनको सम्झौता यही वर्षसम्म थियो
.jpg)
