काठमाडौं । जनेजी पुस्ताको भदौं २३ र २४ को आन्दोलनका क्रममा भएका घटनाक्रमहरुको नयाँ नयाँ सनसनीपूर्ण खुलासा हुन थालेका छन् । दुई दिनमै झण्डै दुई तिहाई बहुमतको एमाले कांग्रेसको सत्ताच्यूत गराउने गरी भएको आन्दोलनमा सुरुमा गोली चलाउने आदेश दिने देखि सेना पुलिससम्मका उच्च् तहका अधिकारीहरुको भूमिकासम्मका फेहरिस्त सार्वजनिक भएका छन् ।
सत्तापलट गर्ने जनेजी आन्दोलनको केन्द्रविन्दु बानेश्वरमा भदौं २३ मा कसरी गोली चलेको थियो ? गोली चलाउने आदेश कसले दिएको थियो ? अनि फिल्डमा कमाण्ड कसले गरिरहेका थिए ? अहिले पनि यो प्रश्न आम सर्वसाधारणका लागि चासोको विषय छ । यसको सनसनीपूर्ण खुलासा उपत्यकामा कार्यरत प्रहरीबाटै भएको छ ।
सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिनुपर्ने, भष्टाचार अन्त्य गर्नुपर्ने लगायतका माग राखेर जेन जी पुस्ताले भदौं २३ गते प्रर्दशन गर्ने कार्यक्रम तय गरेका थिए । तर त्यही प्रर्दशन काठमाडौंको माइतीघरबाट बानेश्वर पुग्दा हिंस्रक बन्न पुग्यो । १९ जना कलिला बालबालिकाको निधन हुन पुग्यो । त्यसपछि भड्किएको हिंसाले भोलिपल्ट नै प्रधानमन्त्री केपी ओली राजीनामा दिएर सेनाको हेलिकप्टरबाट भाग्नुपर्ने सम्मको अवस्था निम्तायो ।
सरकारले अहिले घटनाका बारेमा छानबिन गर्न विशेष अदालतका पूर्व मुख्य न्यायाधीस गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुँझ आयोग बनाएको छ । आयोगमा उपत्यकामा सुरक्षामा खटिएका सुरक्षाकर्मीका तर्फबाट पनि बानेश्वर घटना देखि समग्र सुरक्षा स्थितीका बारेमा र भएगरेका गतिविधिका बारेमा केन्द्रीत रहेर निवेदनहरु परिरहेको छ ।
बानेश्वर घटना केन्द्रीत भएर आयोगमा परेको केही निवेदन नेपाल नजरले प्राप्त गरेको छ । जसमा बानेश्वर घटनामा पहिलो पटक गोली चलाउन आदेश दिने प्रहरी काठमाडौं प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारी रहेको उल्लेख छ ।
प्रधानमन्त्री केपी ओली र नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलन देखि प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ र दानबहादुर कार्कीसम्मको भूमिका शंकास्पद रहेको घटनाक्रमले देखाएको छ ।
हेर्नुहोस्, भदौं २३ र २४ मा के के भएका थिए ? सनसनीपूर्ण खुलासासहितको विवरण
.jpg)
