सिन्धुली । श्रीमतीले ढुङ्गा प्रहार गरेर सिन्धुलीमा श्रीमानको हत्या गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका-६ पानीटंकीमा श्रीमतीले ढुंगा प्रहार गरेर श्रीमान्को हत्या गरेका हुन् ।
घरायसी बिबादको कारण ४८ वर्षकी राधिका वाइबाले आफ्नै श्रीमान् वर्ष ५५ को बुद्धसिं वाइबाको हत्या गरेका हुन् ।
यही कात्तिक १ गते ढुंगाले टाउकोमा प्रहार गरी घाइते गराएकोमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
ढुंगाले टाउकोमा प्रहार गरी घाइते भएका बुद्धसिंको सिन्धुली अस्पताल तथा थप उपचारको लागि सोही दिन बाँसबारी न्युरो अस्पतालमा लगिएको थियो । अस्पतालबाट चिकित्सकले थप उपचार नहुने भनी उनलाई घर फिर्ता पठाएका थिए । घर फिर्ता भएपछि सिराहाको कर्जन्हा नगरपालिका-५ स्थित ससुरालीमा राखिएको थियो ।
ढुंगा प्रहार गर्ने श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेको छ ।
.jpg)
