बानेश्वरको राष्ट्रिय वाणिज्य बैंक लुट्ने एक जना चाइनिज पेस्तोलसहित पक्राउ

बानेश्वरको राष्ट्रिय वाणिज्य बैंक लुट्ने एक जना चाइनिज पेस्तोलसहित पक्राउ

images
शुक्रवार, कार्तिक ८ २०८२
  • काठमाडौं । गत भदौं २४ मा जेन जी  पुस्ताको आन्दोलनका क्रममा बानेश्वरस्थित राष्ट्रिय बाणिज्य बैंक लुटने एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । 
    पक्राउ पर्नेमा खोटाङको साकेला गाउँपालिका–१ घर भएका शिवकुमार विक रहेका छन् । उनलाई प्रहरीले तिहारको टीकाको दिन ललितपुरको धापाखेलबाट पक्राउ गरेको जनाएको छ ।
    प्रहरीले म्यागजिनसहितको चाइनिज पेस्तोलसहित उनलाई पक्राउ गरेको जनाएको छ । उनको साथबाट राष्ट्रिय वाणिज्य बैंकको ट्याग भएको ४ लाख ७८ हजार रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

    उनको साथबाट बाणिज्य बैंकको ट्यागसहितको पैसा समेत बरामद भएपछि उनी उक्त दिन बैंक लुट्ने समुहका सदस्य भएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । उक्त दिन बानेश्वरको राष्टिय बाणिज्य बैंक लुटिएको थियो । त्यहाँबाट करोड भन्दा बढी रकम लुटिएको थियो ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend