माओवादी- एकीकृत समाजवादी एकता तयारी

एकता र विभाजन सँगसँगै, को जुट्लान्, को फुट्लान् ?

एकता र विभाजन सँगसँगै, को जुट्लान्, को फुट्लान् ?

images
शुक्रवार, कार्तिक १५ २०८२
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले आफ्नै पार्टीभित्र विवाद भएपनि पार्टी एकता गर्ने भएका छन् । सकभर दुवै पार्टीले आ आफनो पार्टीभित्र एकमत निर्णयका साथ एकता गर्ने नभएपनि जतिसकिन्छ मिल्न आउनेसम्मको एकता गरेर एउटै कम्युनिष्ट पार्टी बाउने समझदारी गरेका छन् । 

    एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुषाल माओवादी केन्द्रसँगको एकताको पक्षमा सकारात्मक छैनन । उनीहरुले दुई दिन यता चलिरहेको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठकमा माओवादीसँगको एकताको विपक्षमा मत राखेका छन् । 
    तर, झण्डै दुई तिहाई एकीकृत समाजवादीका नेताहरु माओवादी केन्द्रसँगको एकताको पक्षमा उभिएका छन् ।

    यता माओवादी केन्द्रमा पनि एकीकृत समाजवादीसँगको एकतामा पार्टीभित्र एकमत छैन । पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कम्युनिष्टहरुका बीचमा पदीय भागवन्डाका आधारमा मात्र एकता गर्ने भन्दा पार्टीको विचार, कार्यदिशा लगायतका विषयमा गम्भिर छलफल गरेर एकमत बनाएर एकतामा जानु फलदायी हुने मत राखिरहेका छन् ।

    अर्काेतिर अर्का नेता जनार्दन शर्मा प्रभाकरले एकीकृत समाजवादीलाई मात्र पार्टी एकतामा ल्याउने र नेतृत्व प्रचण्ड र माधव नेपालले मात्र गर्ने कुराले पार्टी एकतामा कुनै अर्थ नरहने मत राखिरहेका छन् ।  उनले रुपान्तरण र नेतृत्व हस्तान्तरणसहितको विचार राजनीतिमा साझा धारणा बनाएर हुने एकतामात्र दियो र फलदायी हुने र एकताका नाममा एकताले अर्थ नराख्ने मत राखिरहेका छन् । 


    यस हिसावले हेर्दा माओवादी केन्द्र र एकीकृत समाजवादी दुवै पार्टीमा यसले तरंग ल्याईदिएको छ । दुई पार्टी एकतासँगै दुवै पार्टीमा सानो संख्याको विभाजन पनि सँगै हुने सम्भाबना बढाईदिएको छ ।

    प्रचण्ड र माधव नेपालले भने पार्टी एकता गर्ने, पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी राख्ने र चुनाव चिन्ह्र तारा राखेर जने गरी समझदारी बनाईसकेका छन् । यो एकतामा राजु कार्की नेतृत्वको नेकपा (समाजवादी), महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टी र चुनाव चिन्ह तारा राखेर निर्वाचन अयोगमा दल दर्ता गरेका सुमनसहितका पार्टीहरुलाई पनि मिसाउने गरी समझदारी भित्र भित्र बनाईसकेका छन् । 

    उनीहरुले पार्टी नेपाली कांग्रेस जस्तै नेपाली कम्युनिष्ट पार्टी राख्ने तयारी गरेका छन् । यो विकल्पमा नाम नमिलेमा मात्र कार्की नेतृत्वको नेकपा (समाजवादी)को नाम राख्ने तयारी भएको बताइन्छ । 

    माओवादीभित्र भने माओवादी ब्रान्ड नछोड्न र चुनाव चिन्ह्र गोलाकारभित्रको हसिँया हथौडा नछोड्न तीव्र दवाव छ । पार्टीको ब्रान्ड छोड्ने, चुनाव चिन्ह्र पनि छोडने र माधव नेपाललाई एकतामा ल्याएर सहसंयोजक बनाई नेता बनाए एकताका दिन केही नेता कार्यकर्ताले पार्टी जिम्मेवारीबाट हटेको भन्दै पहिलो चरणमा सामुहिक राजीनामा दिने तयारी पनि भित्रभित्र गरिरहेका छन् । 

    उनीहरुले नेतृत्वलाई दवाव बढाउन समुहिक राजीनामा दिने र अन्तिममा केही नभए एकीकृत समाजवादीका महासचिव घनश्याम भुषाल, हालै पार्टी निर्वाचन आयोगमा दर्ता गराउन पुगेका नेत्रविक्रम चन्द (विप्लव)को पार्टी कम्युनिष्ट पार्टी नेपालको नाममा र उक्त पार्टीको चुनाव चिन्ह्रबाट आगामी चुनाव लड्ने सम्मका भित्री तयारी पनि केही नेताहरुको रहेको बताइन्छ ।

    यता प्रचण्डले भने माधव नेपाल लगायतका नेता र पार्टीहरुसँगको एकताका क्रममा विप्लवको पार्टीबाट पनि विद्रोह गराउने र एकतामा ल्याउने गृहकार्य गरेका छन् । यो हुँदा एकातिर एकता, अर्काेतिर विभाजनको सबै कम्युनिष्ट पार्टीहरुमा भित्रभित्र तयारी भएको देखिएको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend