काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशन अब काठमाडौंमा गर्ने निर्णय गरेको छ । मंसिर २७ देखि २९ गतेसम्म कास्कीको पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको एमालेले शनिबारको पार्टी सचिवालय बैठकबाट महाधिवेशनस्थल परिवर्तन गरी काठमाडौंमा गर्ने निर्णय लिएको हो ।
शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकले महाधिवेशनस्थल परिवर्तन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘पार्टीको एघारौं महाधिवेशन हामीले दशौं केन्द्रीय कमिटीको बैठकबाट मंसिर २७ देखि २९ सम्म गर्ने निर्णय गरेका थियौं । महाधिवेशनको स्थल भने परिवर्तन गरेको छ । अब पोखराको सट्टामा काठमाडौंमा गर्ने भन्ने निर्णय भएको छ,’ ज्ञवालीले भने ।
त्यस्तै एमालेले वडा तहबाट अव जनपरिचालनको कार्यक्रम पनि तय गरेको छ । वडाबाटै जनपरिचालनका का मगदै मंसिर ६ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने निर्णय उसले लिएको छ ।
एमाले केन्द्रीय समिति बैठकले संसद पूर्नस्थापनाका लागि जनपरिचालनका कार्यक्रम गर्ने निर्णय गरेको थियो । यधपी कार्यक्रम तय गरेको थिएन । शनिबारको सचिवालय बैठकले वडा देखि नै जनपरिचालनका कार्यक्रम गदैं मंसिर ६ गते काठमाडौंमा वृहत जनसभा गर्ने निर्णय लिएको हो ।
उपमहासचिव ज्ञवालीका अनुसार, देशभरका सबै वडामा यही कात्तिक २२ गते जनभेला आयोजना हुनेछ । त्यस्तै, देशभरका पालिकामा कात्तिक २५ गते प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
ज्ञवालीले दिएको जानकारी अनुसार, कात्तिक २९ गते जिल्ला तहमा जनसभा आयोजना गर्ने पनि निर्णय भएको छ ।
.jpg)
