एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

images
सोमवार, मंसिर २ २०८२
  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले सुखद् सुरुवात गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले जनकपुरमाथि पाँच विकेटको जित निकालेको हो ।

    जनकपुरले दिएकाे १३१ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो ।

    काठमाडाैंका लागि बेन चाल्र्सवर्थले सर्वाधिक ४६ रन बनाए । उनले २३ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ४६ रन बनाए । यसैगरी आकाश त्रिपाठीले ३९ रन बनाए । मिलिन्द कुमारले १९ रन बनाए भने जोहन सिम्पसनले १३ रन जोडे । 

    बलिङतर्फ जनकपुरका किशोर महतो, अनिल साह, सञ्जय कृष्णमूर्ति र ललित राजवंशीले समान एक/एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १३० रन बनाएको थियो ।

    जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ४१ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाएका हुन् । यस्तै, मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन बनाए । लाहिरु मिलन्था  सात रनमा आउट भए ।

    काठमाडौं गोर्खाजका लागि मिलिन्द कुमारले तीन विकेट लिए भने सन्तोष यादव, साहब आलम तथा करण केसीले समान एक/एक विकेट लिए ।

    आजदेखि सुरु भएको प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend