काठमाडौं । नेकपा एमालेले कांग्रेसलाई निर्णयविहिन बनाएर अल्मलाउन सकिए फेरि पनि एमाले अबको चुनावबाट मुख्य शक्ति बन्ने निश्कर्ष निकालेको छ । २०७९ मंसिरको प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावमा एमालेलाई एक्लाएर कांग्रेसले तत्कालिन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत पार्टीहरुसँग मोर्चावन्दी गरेर चुनाव लड्ेको थियो । त्यसो हुँदा पनि कांग्रेस हाराहारीकै जित निकाल्न एमाले सफल भएको थियो ।
अहिले गत भदौं २३ र २४ को जनेजी आन्दोलनले झण्डै झण्डै विस्थापनमा परेको एमालेले दुई महिनामै आफनो पूरानो संगठनको विरासत फर्काउने कोसिस गरिरहेको छ । तर, कांग्रेस आफनो केन्द्रीय समिति बैठक समेत म्याराथुन शैलीमा टुंग्याउन नसकी भूमरीमा फसिरहेको छ ।
कांग्रेसको अलमलमा फाइदा उठाउने गरी एमालेले एकसाथ चार रणनीति बनाई आफनो भित्री चुनावी तयारी थालेको एमाले स्रोतहरुले बताएका छन् । एमालेले आफनो मुख्य प्रतिस्पर्धी कांग्रेसलाई नै ठानेको छ ।
एकीकृत समाजवादी, माओवादी लगायत पार्टीहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेपनि उनीहरुको जनमत ०७९ सालको भन्दा बढी नदेखिएको र झन् उनीहरुमा विप्लव र जनार्दन शर्मा, घनश्याम भुषलाहरुले नयाँ मोर्चा गरेर चुनाव लड्दा त्यही जनमत विभाजित हुने र कमजोर रहने, रास्वपा लगायत पार्टीको रवि लामिछाने प्रकरण र सुमना श्रेष्ठ देखि सन्तोष परियारसम्मको पार्टी छोडने क्रम र जनेजीका नाममा नयाँ नयाँ दलहरु आउँदा जनमत विभाजित हुने अवस्थाले वैकल्पिक शक्तिको सम्भाबना पनि न्यून रहने बुझाईमा एमाले देखिएको छ ।
त्यसका लागि उसले प्रतिस्पर्धी कांग्रेसलाई अल्मलाउने र कमजेर बनाउन सकिए एमाले अबको चुनावबाट पहिलो शक्ति बन्ने सम्भाबना रहेको एमालेको बुझाई छ । त्यसका लागि उसले पार्टी नेता कार्यकर्तालाई निरन्तर पार्टी काममा सक्रिय बनाउने योजना अगाडी सार्नुपर्ने निश्कर्ष निकालेको छ ।
एमालेका एक पदाधिकारीका अनुसार, एमालेले त्यसका लागि कँही न कही कार्यक्रम बनाएर नेता कार्यकर्ता निरन्तर परिचालनको नीति बनाउनु पर्ने योजनामा लागेको छ ।
एमालेमाथी घेराबन्दी र चौतर्फी आक्रमण हुनसक्ने अवस्थामा नेसनल भोलेन्टियर्स फोर्स बनाउने, त्यसको स्वरुप लडाकु बनाउने र जनपरिचालनका काम गर्ने नीति उसले लिन लागेको छ ।
एमालेले अहिले मुख्यत चार रणनीतिमा काम गर्न खोजेको देखिएको छ । पहिलो, प्रतिनिधिसभा पुनःस्थापना दोस्रो, पर्नूस्थापनाका लागि सडक संघर्ष र जनपरिचालनका कार्यक्रम, तेस्रो प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी लडाइँ र चौथो फागुन २१को चुनावको भित्री तयारी ।
यी चारवटै रणनीतिलाई सँगसँगै अभिन्न बनाएर लैजाने योजनामा एमाले लागेको एकालेका एक पदाधिकारीको भनाई छ ।
उसले आज नेसलन भोलेन्टियर्स फोर्सको घोषणा गदैछ । भोलि काठमाडौंमा बृहत जनप्रर्दशनको तयारी गरेको छ । उसले पार्टीको महाधिवेशन पनि यही महिनामै सक्दैछ ।
एमालेको केन्द्रीय कमिटी, सचिवालय र विघटित संसदीय दलको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी बाटो खोज्ने निर्णय गरिसकेको छ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट दायर गर्न पूर्वमुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई जिम्मा दिइएको छ । आउने सातासम्म रिट दायर गर्ने तयारी छ ।
सँगसँगै चुनावमा जाने भित्री तयारी पनि एमालेको छ । त्यसअनुसार कमिटी र कार्यकर्तालाई तयार रहन निर्देशन दिइसकेको छ । एमालेले सबै पालिका, ७७ जिल्लामा गत दुई साता जागरण अभियानका नाममा चुनाव लक्षित कार्यक्रम गरेको छ । २५ कात्तिकमा देशभरका पालिकामा जागरण सभा र २९ कात्तिकमा सबै जिल्लामा प्रतिनिधिसभा पुनःस्थापनाको माग राखी सभा गरेको हो । ६ मंसिरमा काठमाडौंमा ठूलो सभा गरेर प्रतिनिधिसभा पुनःस्थापनाका लागि दबाब दिने तयारी एमालेको छ । मंसिर १३ मा देशैभर महाधिवेशन प्रतिनिधि चयन कार्यक्रम राखेर पार्टीलाई महाधिवेशनमा पनि लग्दैछ । यसले एमाले नेता कार्यकर्ता निरन्तर परिचालित हुने र त्यसले जनतमा एमालेप्रतिको आर्कषण बढाउने एमालेको बुझाई छ ।
उसले पूर्नस्थापनाको मुद्दामा साथ दिन भन्दै कांग्रेसलाई एकातिर अल्झाईरहेको छ । अर्काेतिर कांग्रेस आफै निर्वाचन अगाडी महाधिवेशन गर्ने या नगर्ने ? नियमित महाधिवेशन गर्ने या विशेष भन्नेमा अल्झेको अल्झयै छ ।
कांग्रेसको यो अल्झाईको फाइदा लिएर फेरि बाजी मार्ने दाउमा एमाले देखिएको राजनीतिक विश्लेषण छ ।
.jpg)
