एनपिएलः जनकपुरको पहिलो जित, चितवन ६ विकेटले पराजित

एनपिएलः जनकपुरको पहिलो जित, चितवन ६ विकेटले पराजित

images
मंगलवार, मंसिर १७ २०८२
  • काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ट्स विजयी भएको छ । जनकपुरले चितवन राइनोजलाई ६ विकेटले हराएकाे हाे ।

    जारी प्रतियोगितामा याे जनकपुरको पहिलो जित हो । यसअघि लगातार चार खेल हारेको जनकपुरले आज दुई अंक जोड्यो । चितवनले भने पाँच खेलबाट दुई खेल मात्रै जितेको छ । 

    चितवनबाट पाएको १७७ रनको लक्ष्य १७.३ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । जनकपुरका लागि माज सदाकत र अनिल साहले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक जोडे । माजले ६३ र अनिलले ६१ रन बनाए ।

    बलिङतर्फ चितवनका कमलसिंह ऐरी, साहिल तनवीर र अमरसिंह रौटेलाले एक÷एक विकेट लिए । यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर ब्याटिङ पहिला ब्याटिङ गरेकामा  निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन बनायो । जसमा ओपनरद्वय डेविड मलान र अर्जुन साँउदले अर्धशतक हिर्काए । मलानले ८० र अर्जुनले ५२ रनको योगदान गरे । यी दुवै ब्याटरबीच ११२ रनको शतकीय साझेदारी समेत भयो।

    जनकपुरका अनिल शाह, रूपेश सिंह, माज सदाकत र जान निकोल लोफ्टी–इटनले एक/एक विकेट लिए । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend