एनपीएल : काठमान्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा

एनपीएल : काठमान्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा

images
बुधवार, मंसिर २५ २०८२
  • काठमाडौं । लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

    बुधबार भएको एलिमिनेटर खेलमा काठमाण्डुलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो । काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूर्‍याे । 

    लुम्बिनीले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा बिहीबार विराटनगर किंग्ससँग खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्ससँग ७७ रनले पराजित भएको थियो ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend