काठमाडौं । नेकपा एमालेको महाधिवेशन आज देखि शुरु भएको छ । भक्तपुरको सल्लाघारी तिनकुनेमा आज एमालेले महाधिवेशनको उद्घाटन शत्र सम्पन्न गरेको छ भने भोलि देखि काठमाडौंको भृकुटीमण्डपमा बन्दशत्र चलाउने छ ।
एमाले महाधिवेशनले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्ने भएकोले अध्यक्षमा पूनः केपी शर्मा ओलीले आफैं तेहेरिन खोजेका छन् । उनलाई पूर्व राष्ट्रपति विधादेवी भण्डारीको साथ र सहयोग लिएर बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले चुनौती दिन लागेका छन् ।
ओली र पोखरेल अध्यक्षमा भिँड्ने भएपछि दुबैले आ आफनो तर्फबाट टिम नै बनाउन लागिपरेका छन् । ओलीले आफनो टिमभित्रका आकांक्षीको ब्यवस्थापन गर्न विधान संसोधन गरेर पूरानै संख्या बराबरको पदाधिकारी बनाउन चाहेका थिए । तर, पोखरेल पक्षले पूरानै विधान ब्यूताउने भए दुई कार्यकाल कार्यकारी र ७० वर्षे उमेरहदका बारेमा पनि त्यही प्रावधान राख्नुपर्ने मत राखेपछि ओली विधान चलाउनबाट पछि हटेका थिए । त्यसपछि उनी महाधिवेशन उद्घाटन सकेलगत्तै आफनो कोर टिममा टिम निर्माणका बारेमा छलफलमा जुटेका छन् ।
यसो हुँदा पोखरेल पक्षमा खुलेका पदाधिकारीबाहेक आफनो पक्षमा रहेका निलम्बित सचिव लेखराज भटटलाई छोडेर सबै पदाधिकारी दोहोरायउने तयारीमा ओली लागेका छन् । त्यसो हुँदा ओलीले उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा (बादल) र गुरु बराललाइृ दोहोराउने तयारीमा छन् । महासचिवमा पनि उनले शंकर पोखरेललाई नै दोहोराउन लागेका छन् । यधपी महासचिवमा पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले पनि दावी छोडेका छैनन । उनीहरु दुवैलाई उपमहासचिव नै राख्ने गरी ओली अगाडी बढ्न चाहेका छन् । त्यसो हुँद अहिले उपमहासचिव रहेका पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाललाई नै दोहोराउने तयारीमा उनी छन् ।
उपाध्यक्ष रहेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे अध्यक्ष भिड्ने तयारीमा रहेका इश्वर पोखरेलको टिममा रहेकाले ओलीलाई अहिलेकै पदाधिकारीमा आफुसँग रहेको टिमका नेताहरु नै दोहोराएर जाँदा सहज हुने देखेर त्यही अनुसार कोर टिममा छलफल थालेका छन् ।
उनले सचिवमा पनि आफुसँग रहेकालाई पूनः दोहोराउने तयारी गरेका छन् । यसो हुँदा सचिवमा मौजुदा कमिटीमा रहेका पद्मा अर्याल, रघुवीर महासेठ, पद्मा अर्याल, लेखराज भट्ट नै दोहोरिने गरी ओलीले छलफल थालेका छन् । योगेश भटटराई, गोकर्ण विष्ट र टोपवहादुर रायमाझीका स्थानमा मात्र ओलीले अन्य नेताहरुलाई सचिवमा ल्याउन चाहेका छन् । रायमाझी भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेको र भटटराई र विष्ट इश्वर पोखरेल टिममा रहेकोले उनीहरुको स्थानमा मात्र नयाँ अनुहारलाई पदाधिकारीमा ओलीले अगाडी सार्न खोजेका छन् ।
त्यसो हुँदा सचिवमा महेश बस्नेत, भानुभक्त ढकाल, शेरधन राई, ज्वाला साह, सुमन प्याकुरेल, राजन भट्टराई, खगराज अधिकारी, जगत विश्वकर्मा, यमलाल कँडेल, गोरख बोगटी लगायतबाट अगाडी बढाउने तयारी छ । बस्नेत र ढकालले ओलीलाई पछिल्लो पटक निकट सहयोग गरेकाले यी दुईको सम्भाबना बलियो रहेको ओली निकट स्रोतले बताएको छ । तर ओलीलाई महासचिवमा शंकरलाई दोहोराउँदा प्रदीप र पृथ्वीसुब्बा लाई कसरी उपमहासचिव मै बनाउने भन्ने चुनौती मात्र देखिएको छ । प्रदीप उपमहासचिव नै दिँदा पनि असन्तुष्ट बनेपनि आफ्नै टिममा रहनेमा ओली ढुक्क छन् । तर पृथ्वीसुब्बामाथी इश्वर पोखरेल टिमले आखाँ लगाएकोले उनलाई कसरी मनाउने भन्नेमा अहिले कोर टिममा छलफल छ ।
.jpg)
