फागुन २१ को निर्वाचन सारिए चुप लागेर नबस्ने प्रचण्डको चेतावनी

फागुन २१ को निर्वाचन सारिए चुप लागेर नबस्ने प्रचण्डको चेतावनी

‘म आज धम्कीको भाषा बोल्न चाहन्नँ, शान्तिपूर्ण तरिकाले निर्वाचन गरियोस्’

images
शनिवार, पौष ५ २०८२
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्धारित मितिमै चुनाव जसरी पनि गर्नुपर्ने बताएका छन् । चुनाव सार्ने हल्ला चल्न थालेको भन्दै उनले चुनाव सार्ने कुरा स्वीकार्य नहुने भन्दै कुनै पनि तर्क र बहानामा निर्वाचन सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

    यदी निर्वाचन सार्ने काम भयो भने आफूहरू चुप लागेर नबस्ने प्रचण्डको चेतावनी थियो । पार्टीको बागमती, उपत्यका र सम्पर्क कमिटिको एकता सन्देश सभालाई आज काठमाडौंमा सम्बोधन गदैं प्रचण्डले निर्वाचन सारिए संविधान थप मिचिने बताएका हुन् । 


    ‘हामी त अहिले यो देशलाई संकटबाट बचाउने, संकटबाट मुक्त गर्ने उद्देश्यका साथ यो तागत एकीकृत गरेका छौं । हामीले भनेका छौं, सहज ढंगले निर्वाचन सम्पन्न होस् । सरकारलाई हामी भन्न चाहन्छौं, तपाईंहरू कुनै तर्क र बहानामा निर्वाचन सार्ने दुस्साहस नगर्नुहोला ।’ प्रचण्डले सम्बोधनका क्रममा भने, ‘यदी तपाईंहरूले संविधान बार बार मिच्ने कोशिस, एकचोटि त मिचिइसकेको छ केही हदसम्म । तर त्यसमा हामीले देशको असहज अवस्थालाई हेरेर देशमा अन्तरिम सरकार बनाउन पहल गरेकै हो । तर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, धकेल्ने काम गरियो भने फेरि संविधान मिचिन्छ । यदी त्यसो गरियो भने हामी चुप लागेर बस्ने छैनौं । केही अहंकारी र दम्भीहरूले प्रतिशोधबाहेक केही नदेख्नेले विभिन्न धम्कीको भाषा बोल्ने गरेका छन् । म आज धम्कीको भाषा बोल्न चाहन्नँ, शान्तिपूर्ण तरिकाले निर्वाचन गरियोस् ।’

    PRO_KTM7R9A1385.jpg

    उनले ६ महिना, एक वर्ष निर्वाचनको मिति सार्ने हल्ला आफूले सुनेको पनि बताए ।

    ‘सरकारले यो कुरालाई नजरअन्दाज गरेर ६ महिना समय थप्ने, एक वर्ष थप्ने हल्ला पनि सुनाउँछन् कोही कोहीले त्यो गर्‍यो भने देश फेरि दुर्घटनामा पर्छ । तर अबको दुर्घटनाको बेलामा नेपाली कम्युनिस्ट पार्टी रमिते हुनेछैन’, प्रचण्डले भने । 

    उनले काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्क सम्पाङलाई आफुले पहिले गणतन्त्रमा फुलेको फूलको संज्ञा दिएपनि अहिले विस्तारै काडाँ पो बन्न थालेको टिप्पणी गरेका थिए  । 

    ‘मैले हाम्रो लोकतन्त्रको फूल भनेको तपाईंहरुलाई, अहिले तपाईँ फूलहरू त, विस्तारै काँड काँडाको हुने हो कि भनेको जस्तो‘। बुझ्नुस् इतिहास, आन्दोलन र शहीदको रगत।’ प्रचण्डले भने । उनले काठमाडौंको खुल्लामञ्च खुल्ला गर्न सरकार र महानगरपालिकालाई आग्रह समेत गरे । ‘नेपाल सरकार र महानगरपालिकालाई यो खुलामञ्च खुला गर्नका लागि आग्रह गर्नु चाहन्छु । किनकी यो नेपाल राज्यकै निम्ति अपमान र लज्जाको विषय हो । एउटा ५० ६० हजार एक लाख मान्छे जम्मा भएर बस्ने एउटा पनि मञ्च, चौर हामीमाझ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ,’ प्रचण्डले भने ।

    PRO_KTM7R9A1398.jpg

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend