काठमाडौं । आगामी प्रतिनिधिसभा चुनावमा काठमाडौं महानगरपालिकाका मयर बालेन शाहले एमाले अध्यक्ष केपी ओलीसँग ओलीकै निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा चुनाव लड्ने योजना बनाएका छन् । उनले पत्रकार ऋषि धमलालाई आफु ओलीसँग चुनाव लड्ने योजनामा रहेको भन्दै धमलालाई पनि चुनाव लड्ने, नलडने, लड्दा समानुपातिकतर्फबाट लड्ने की प्रत्यक्षमा चुनाव लड्ने भनेर सोधको थिए ।
बुधबार बेलुकी उनले पत्रकार ऋषि धमला लगायतसँग नयाँ राजनीतिक पार्टी बनाउने लगायतका विषयमा छलफल गरेका थिए । राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग कमलपोखरीमा भेटवार्ता गरेर मध्यरात एउटै गाडीमा बाहिरिएर सँगै रहेको सन्देश दिएका बालेनले बुधबार बेलुकी भने अलग पार्टी बनाउने विषयमा विभिन्न क्षेत्रका मानिसहरुसँग भेटवार्ता गरेका थिए । उनले यो छलफल र वार्ताअ झै केही दिनसम्म निरन्तर जारी राख्ने बताएका छन् ।
बालेन देश विकास पार्टीका नाममा आफनो राजनीति अगाडी बढाउन चाहिरहेका छन् । उक्त पार्टी निर्वाचन आयोगमा सन्ध्या खनालको नेतृत्वमा दर्ता छ । चुनवा चिन्ह्र बालेनले काठमाडौं महानगरपालिकामा चुनाव लड्दा पाएकै लौरो चुनाव चिन्ह्र छ । त्यही क्रममा उनले बुधबार कुपन्डोलमा पत्रकार धमलासहित नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, मिलन पाण्डे, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकाल, मिडियाकर्मी सुरजसिंह ठकुरी लगायतसँग छलफल गरेका थिए ।
बालेनसँगको छलफलमा सहभागी पत्रकार ऋषि धमलाका अनुसार बालेनले आफू झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने बताएका थिए । झापाको क्षेत्र नम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र हो । यही क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङ पनि उम्मेदवार सिफारिस भएका छन् ।
‘बालेनले म झापा ५ बाट चुनाव लड्छु, तपाईं प्रत्यक्षमा लड्ने कि समानुपातिकमा बस्ने भनेर सोध्नुभयो । अनि मैले म राजनीतिमा आएँ भने प्रत्यक्षमै लड्छु, समानुपातिकमा बस्दिनँ भनेँ,’ धमलाले बालेनसँग भएको कुराकानी सुनाउँदै भने, ‘प्रत्यक्षमा कहाँबाट लड्ने भनेर सोध्नुभयो । मैले सोचेर भनौंला भनेको छु ।’
.jpg)
