काठमाडौं । सरकारले नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं एव सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
उनका अनुसार बैठकले हरेक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ।
मन्त्री खरेलले वैदेशिक रोजगारीको शिलशिलामा इराक गई त्यहाँको भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेस गरेको खण्डमा श्रम स्वीकृती दिन स्वीकृति प्रदान गर्ने निर्णय समेत भएको बताए। सरकारको यो निर्णयसँगै वैदेशिक रोजगारीका लागि इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने सहज हुेछ । यसका लागि इराकमा काम गरिरहेका नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने भएको हो ।
उनले जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निदेशिका खारेज गर्ने निर्णय भएको पनि बताए। उनले विभिन्न ९ वटा वटा स्थानहरुमा इलाका प्रशासन कार्यालयहरु स्थापना गर्ने निर्णय भएको पनि बताए।
.jpg)
