सर्वपक्षिय सरकारको सम्भावना अब सकिसक्यो : प्रचण्ड

सर्वपक्षिय सरकारको सम्भावना अब सकिसक्यो : प्रचण्ड

images
शनिवार, पौष १९ २०८२
  • किमाथाङ्का (सङ्खुवासभा) । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सर्वपक्षिय सरकारको सम्भाबना टरिसकेको बताएका छन् । अझै पनि नेकपा एमाले लगायत केही राजनीतिक दल सर्वपक्षिय सरकार गठन गरेर मात्र चुनावमा जानुपर्ने पक्षमा रहिरहेकै भएपनि प्रचण्डले भने त्यस्तो सम्भाबनाको अध्याय नै समाप्त भईसकेको बताएका हुन् । उनले देश पूर्ण रुपमा अब निर्वाचनतर्फ केन्द्रित भएको बताएका छन् ।

    प्रेस सेन्टरले संखुवासभाको खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा संयोजक प्रचण्डले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताए ।

    निर्वाचनका लागि दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब चुनावतर्फ होमिएको प्रचण्डको भनाइ थियो ।

    जेनजी युवापुस्ता निर्वाचनका पक्षमा रहेकाले कुनै शङ्का गरिरहनुपर्ने अवस्था नभएको भन्दै प्रचण्डले अब देशमा सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको र अर्को सरकार पुनर्गठन नहुने दाबी गरेका हुन् ।
    प्रचण्ड शुक्रबार त्यहाँ संखुवासभा पुगेका थिए । काठमाडौँ फर्किनुअघि पत्रकारसँग कुरा गर्दै संयोजक प्रचण्डले अहिलेकै सरकारले फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन गराउन सक्षम रहेको बताए ।

    ‘संविधानसभाबाट संविधान बनाउँदै गर्दा नै हामीले वाचा गरेका थियौँ, १० वर्षपछि संविधानको समीक्षा गरी संविधानमा भएका सकारात्मक र नकारात्मकका आधारमा संविधान संशोधन र परिमार्जन गर्नेछौँ’, उनले भने ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend