रास्वपाको केन्द्रीय समितिमा को-को थपिए ? (सूचीसहित)

रास्वपाको केन्द्रीय समितिमा को-को थपिए ? (सूचीसहित)

कुल ४५ जना केन्द्रीय समितिमा थप, ३३ को निर्णय हुुँदा १२ जनाको निर्णय हुन बाँकी

images
आइतवार, पौष २० २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका मेयर बालने शाह र केही समय अगाडी एकतामा आएको विवेकशील साझा पार्टीबाट एकतामा आएकासम्मलाई समेटेर पार्टीको केन्द्य्रीय समिति विस्तार गरेको छ । बालने शाह समुहका २६ र विवेकशील साझाका तर्फबाट ७ जना गरी रास्वपाले थप ३३ जना पार्टी केन्द्रीय समितिमा थप गरेको हो ।

    उनीहरुलाई एकताको भाव अनुसार पार्टी केन्द्य्रीय समितिमा मनोनित गरेको र त्यसलाई पार्टी केन्द्रीय समितिले अनुमोदन समेत गरेको छ । अझै यसमा कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालका तर्फबट थप हुने केन्द्रीय समिति सदस्यहरुको बारेमा निर्णय भईसकेको छैन । 

    कुलमानको टिमबाट १२ जनालाई केन्द्रीय समितिमा अझै थप गर्न बाँकी छ । यसो हुँदा रास्वपाको केन्द्रीय समितिमा ४५ जना थप हुनेछन् । यस अगाडी रास्वपाको केन्द्रीय समिति ६५ सदस्यीय हुने विधानको ब्यवस्था भएपनि ५८ जना मात्रै रहेका थिए । अब १०३ जनाको केन्द्रीय समिति हुनेछ । 

    रास्वपाले ४ जना पदाधिकारी समेत थप गर्न लागेको छ । एक जना उपसभापति, एक जना महामन्त्री, एक जना सहमहामन्त्री र एक जना सहप्रवक्ता गरी ४ जना पदाधिकारी पनि बनाउने रास्वपाले जनाएको छ । कुलमानलाई रवि पछिको दोस्रो वरियताको उपसभापति बनाउने समझदारी भईसकेको छ । बालेनलाई भने बरिष्ठ नेताका रुपमा राखिनेछ । 

    e8d02da9-c198-42fc-9a66-a9ea9bc0f0ef-0412026035516-1000x0.jpg

    रास्वपाको केन्द्रीय समितिमा को-को थपिए ?

    बालेन टिमबाट थपिएका केन्द्रीय सदस्यहरू

    बालेन शाह

    सुनिल लम्साल

    भूपदेव शाह

    सस्मित पोखरेल

    सागर ढकाल

    लक्ष्मण थारु

    रमेश पौडेल

    खगेन्द्र सुनार

    गणेश पौडेल

    सन्तोष गिरी

    डा। नमिता यादव

    सरिता ज्ञवाली

    सुशान्त वैदिक

    लक्ष्मी बर्देवा

    शिव यादव

    रोहन कार्की

    अनन्तराज घिमिरे

    रामकुमार ढुंगाना

    प्रदीप ज्ञवाली

    जेम्स कार्की

    मधुसुदन ढकाल

    ओजस्वी थापा

    केपी खनाल

    आदित्य आचार्य

    प्रदीप पाण्डे

    खेमराज साउद

    विवेकशील साझाबाट बनेका केन्द्रीय सदस्य

    समीक्षा बास्कोटा

    प्रकाशचन्द्र परियार

    सुरज प्रधान

    नवराज थापा

    आशुतोष प्रधान

    धनेज थापा
     
    रञ्जु दर्शना

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend