राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले अन्य दलसँग तालमेल गर्ने

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले अन्य दलसँग तालमेल गर्ने

images
मंगलवार, पौष २२ २०८२
  • काठमाडौँ । नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने भएकाे छ । 

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    कांग्रेसको निर्णयमा भनिएको छ, ‘संवत् २०८२ साल माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गर्दछ।’

    आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका थिए।

    अर्काे बैठक भोलि पुस २३ गते बुधबार बिहान ९ः०० बजे पुनः बस्नेग उनले जानकारी दिए ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend