काठमाडौं । नेपाली मतदाताहरुमा बढेको उभार विश्लेषण गर्ने हो भने आगामी फागुन २१ को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बन्ने आंकलन छ । रास्वपाले काठमाडौं महानगरबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेका बालेन साह (बालेन्द्र)लाई चुनाव पछि भावी प्रधानमन्त्रीको घोषणा गरेको छ ।
प्रधानमन्त्री घोषणा भएको ब्यक्ति किन अर्काे प्रतिस्पर्धी बलियो भएको निर्वाचन क्षेत्र झापा ५ मा चुनाव लड्न पुगे ? आम मान्छेमा यसप्रतिको चासो छ । बालेन झापा ५ मा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीसँग चुनाव लड्ने योजनामा झापा पुगेपछि अब त्यहाँको चुनावी माहोल रोमाञ्चक शैलीमा विकास भएको छ ।
बालेन आँटिलो सुरमा झापा -५ मा ओलीसँगै चुनाव भिड्न पुगेका छन् । उनी जव दमक ओर्ले, त्यहाँको माहोल नै अर्काे बन्न पुगेको छ । मंगलबार उम्मेदवारी दर्ताका क्रममा उर्लिएको जनलहरले बालेनप्रति झापाको मोह देखाएको छ । त्यक्तिमात्रै होइन, नेपाली कांग्रेसको दमक नगर समितिका सभापति प्रकाश प्रसाईंले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर झापा-५ मा बालेन साहलाई सघाउने घोषणा गरेका छन्।
उनी दमक नगरका उपमेयर रेगिना भट्टराईका श्रीमान् हुन् । उनको रास्वपालाई सहयोग गर्ने घोषणाले दमकमा नयाँ तरंग ल्याएको छ ।
झापा–५ परम्परागत रूपमा नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीको बलियो गढ मानिन्छ र उनले यस क्षेत्रमा पटक–पटक भारी मतले जितेका छन्। २०७९ सालको प्रतिनिधिसभा चुनावमा ओलीले ५२,३१९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २३,७४३ मत पाएका थिए। रास्वपाका उम्मेदवारले त्यसबेला ११,७४८ मत पाएका थिए। तर समानुपातिक तर्फको मत हेर्ने हो भने एमालेको ओलीले पाएको मत भन्दा २२ हजार जति कम र रास्वपाको भने प्रत्यक्ष तर्फका उम्मेदवारले भन्दा झण्डै ८ हजार बढी मत पाएको थियो ।
यो हिसावमा बालेन भन्दा ओली बलियो देखिन्छन् । तर परिस्थिती २०७९ को जस्तो नरहेको बालेन पक्षको दावी छ । झापा–५ मा नयाँ मतदाता करीब १०,००० बढी थप भएका छन् र कुल मतदाता लगभग १,६३,३७९ रहेको छ। गत भदौं २३ र २४ को घटनापछि जेनजी पुस्ताहरु ओलीको विपक्षमा देखिएका छन् ।
यसले ओलीलाई आगामी चुनाव चुनौति थपिने सम्भाबना देखिएको छ ।
केपी शर्मा ओली – सबल पक्ष
मतदाताबीच विश्वास र स्थायित्व
ओली यस क्षेत्रमा लामो समयदेखि चुनाव जित्दै आएका जनप्रतिनिधि हुन् । एमालेको पार्टी संगठन पनि बलियो छ। उनी यस क्षेत्रबाट धेरै पटक विजयी भइसकेका छन्, जसले पार्टी कार्यकर्ता र मतदाताबीच विश्वास र स्थायित्व देखाउँछ।
चुनावी विजयी इतिहास
२०७९ को चुनावमा समेत उनले कांग्रेस र अन्य प्रतिद्वन्द्वीभन्दा धेरै मत पाएका थिए, जसले उनको लोकप्रियता र नेतृत्व क्षमताको प्रतिबिम्ब दिन्छ। पहिलो संविधानसभाका बेला २०६४ मा तत्कालिन नेकपा (माओवादी)को देशभर उभार थियो । सोही चुनावमा उनी माओवादीका विश्वदीप लिङदेनसँग चुनावमा पराजित हुन पुगे । त्यसअघि र पछि पनि त्यही एउटा चुनाव बाहेक ओलीले यस क्षेत्रमा पराजय ब्यहोनु परेको छैन ।
स्थानीय जनसमर्थन
विशेषतः पौढ उमेर समूह र वृद्ध मतदाताहरू अझै ओलीको पक्षमै देखिएका छन्, जसले उनको स्थानीय साख र समर्पणलाई समर्थन गर्दछ।
विकास र कामकाजको दाबी
स्थानीय मतदाताहरूले ओलीले सडक, पुल र पूर्वाधार विकासमा काम गरेको बताउँछन् । अजसले “कामको नेताको” छवि ओलीको भएको दावी गर्छन् ।
ओली : दुर्बल पक्ष
पार्टीभित्र असन्तुष्टि
एमालेका तल्लो तहका कार्यकर्ता र केही नेताहरूमा ओलीको रूखो शैली र नेतृत्वशैली प्रति असन्तोष छ। अझ उनले पार्टीको एघारौं महाधिवेशनमा देखाएको निरंकुशता र टिकट वितरणमा पनि इतर खेमाका नेताहरुलाई गरेको अन्देखाले पार्टीभित्र उनीप्रति असन्तुष्टिको आवाज उठ्दो छ ।
युवा मतदातामा अपील कम
झापा–५ का युवा मतदाता बालेन जस्ता “नयाँ चेहरा” मा झुकाव देखाइरहेका छन्, जसले युवा मतहरूलाई ओलीबाट टाढा बनाउन सक्छ। नयाँ पुस्ताले ओली भन्दा युवा पुस्ताकै उम्मेदवारको खोजी गरिरहेका छन् ।
परिवर्तन चाहने सामाजिक संकेत
दैनिक जीवनसँग सम्बन्धित समस्याका समाधान नआएको अनुभूतिका कारण, मतदातामा “परिवर्तन चाहिँदैछ” जस्तो संकेत पनि पाइन्छ, जसले ओलीका लागि जोखिम उत्पन्न गर्न सक्छ।
बालेन साह : सबल पक्ष
युवा र नयाँ नेतृत्व
बालेनलाई युवा पुस्ता र नयाँ नेतृत्वको प्रतीक रूपमा हेर्ने मतदाताको ठूलो हिस्सा छन्, जसले पुराना नेताहरूबाट “थकित” भएको अनुभूति जाहेर गर्दछ।
मतदाता उत्साह र आकर्षण
उनले राजनीतिक मैदानमा प्रवेश गरेको समाचार मात्रले नै मतदाताबीच उत्साह र छलफलको वातावरण सिर्जना गरेको छ, जसले चुनावी माहोललाई तातो बनाइदिएको छ।
सम्भावित “तेस्रो पक्ष” मत खिच्ने सम्भावना
बालेनले कांग्रेस, नेकपा र एमालेका मतदाताको पनि समर्थन प्राप्त गर्ने सम्भावना छ भन्ने विश्लेषण पनि त्यहाँ छ । जसले उनको प्रतिस्पर्धात्मक स्थिति बलियो बनाउन सक्छ।
काठमाडौं महानगरपालिकामा उनको चुनाव जिताई पनि युवा मतदाताका बीचको लोकप्रियता थियो । जनेजी आन्दोलनपछि उनी झन् चर्चामा छन् । उनी तथ्यांक लिने, विश्लोषण गर्ने र डिजिटलाइजेसन र हाइटेक प्रचारशैलीमा ओली भन्दा निक्कै अगाडी छन् । यो उनको लागि सबल पक्ष छ ।
बालेन : दुर्बल पक्ष
स्थानीय आधार कमजोर
बालेन झापा–५ को “स्थानीय मूल निवासी” होइनन् र यसले भूगोल र स्थानीय सन्दर्भ संग अनुकूल नभएको असन्तोष पनि पैदा गरेको छ। केही मतदाताले बालेनलाई भोट दिन दिने ? न उनी स्थानीय हुन् भन्ने प्रश्न उठाईरहेका छन् ।
नेतृत्व अनुभवको अभाव
ओली जस्तै लामो शासन र अनुभवको कमी बालेनसाग छ । ओलीको नेतृत्वसँग तुलना गर्दा बालेनको राजनीतिक अनुभव कम देखिन्छ, जसले निर्वाचित भएपछि कामकाजमा विश्वास अभिवृद्धि हुन समय लाग्न सक्छ।
विवादास्पद छवि
बालेनलाई व्यवहारिक चुनौती र कमजोर रणनीति सहितको उम्मेदवारको रूपमा वर्णन गर्छन्, जसले चुनावमा कठिनाइ थप्न सक्छ। जेनजी आन्दोलनका बेला सिंह्दरवार लगायत भौतिक संरचना भत्काउने र जलाउने काममा बालेनको भूमिका रहेको विपक्षीको आरोप छ । यसको पनि उनले सामना गर्नुपर्ने अवस्था छ ।
.jpg)
