गगनलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाँदै कांग्रेस

गगनलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाँदै कांग्रेस

images
शुक्रवार, माघ १० २०८२
  • काठमाडौं । आगामी फागुन २१ को चुनावको मुखमा आन्तरिक विवादको भूमरीमा फसकेको नेपाली कांग्रेसले आफुलाई सम्हाल्दै आजबाट चुनावी अभियान सुरु गर्ने भएको छ । प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दर्तापछि कांग्रेसले आज पार्टीको औपचारिक केन्द्रीय कार्यसमितिको बैठक बसेर सभापति गगन थापालाई प्रधानमन्त्री घोषणा गरेर चुनावमा जान लागेको छ ।

     केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले आज केन्द्य्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठकले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने र सम्पूर्ण शक्ति चुनावमा लगाउने तयारी भएको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए ।

    काग्रेसमा नियमित महाधिवेशन चुनाव अगाडी कि पछाडी भन्ने विवाद बल्झिदा गगन थापा, विश्वप्रकाश शर्मा लगायत नेताहरुको पहलमा बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेर नयाँ नेतृत्व चयन गरेको थियो । त्यसपछि थापालाई पार्टीको सभापति घोषणा गरिएको थियो । निर्वाचन आयोगले कांग्रेसको आधिकारिकता थापालाई दिएपछि देउवा पक्ष सर्वाेच्च अदालत पुगेको छ । 

    यधपी थापा र देउवा पक्षका बीचमा अदालतले दिने फैसलालाई मानेर अहिले एकताबद्द भएर चुनावमा जाने समझदारी बनेपछि कांग्रेस अहिले फाटेको मन सिलाउँदै चुनावमा जान लागेको छ । 
    विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरु आज पहिलो पटक केन्द्रीय कार्यालय सानेपा पुग्नेछन् । उपसभापति गुष्पा भुसालका अनुसार सभापति थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रीय समिति बैठक बस्ने छ ।

    सभापति थापा सर्लाही ४ बाट उम्मेदवार बनेका छन् । उनी बैठकपछि चुनाव प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम छ । अघिल्लो निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित थापा यसपटक सर्लाही ४ मा उम्मेदवार छन् । उनले माघ ६ गते वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका थिए ।

    कांग्रेसमा अधिकाशं नयाँ अनुहारलाई यसपटक उम्मेदवार बनाइएको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend