महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट : टेस्ट राष्ट्र जिम्बाब्वेमाथी नेपालको जित

महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट : टेस्ट राष्ट्र जिम्बाब्वेमाथी नेपालको जित

images
शनिवार, माघ ११ २०८२
  • काठमाडौँ । नेपालले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा शनिबार पूर्ण राष्ट्र जिम्बावेलाई ६ विकेटले पराजित गरेको छ । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोटमा पहिलो जित दर्ता गराएको हो । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले जिम्बाब्वेलाई हराएको हो । 

    जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९।३ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा पूजाले सर्वाधिक ५२ रनको योगदान दिइन् । उनले  ५० बलमा चार चौका र दुई छक्कासहित  ५२ रन बनाएकी हुन् ।

    कप्तान इन्दु वर्माले २२, विन्दु रावलले १५ तथा  सीता रानामगरले ११ रनको योगदान गरेका थिए ।  प्रतियोगितामा जिम्बाब्वेका लागि जोसेफाइन एनकोमोले दुई तथा नोमभेलो सिबान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक एक विकेट लिएका थिए । नेपालको यस जितले सुपर सिक्समा पुग्ने झिनो आशालाई कायम राखेको छ । 
    पाल पहिलो दुई खेलमा थाइल्यान्डसँग ८ विकेटले र नेदरल्यान्ड्ससँग २ रनले पराजित गरेको थियो ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend