किन पक्राउ परे युवराज सफल ?

किन पक्राउ परे युवराज सफल ?

images
मंगलवार, माघ १४ २०८२
  • काठमाडौं । युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । मंगलबार काठमाडौँबाट उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ । 

    महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयविरुद्ध सामाजिक सञ्जालबाट तथ्यहीन आरोप लगाएको भन्ने विषयमा अनुसन्धानका लागि पौडेललाई पक्राउ गरिएको हाे । महान्यायाधिवक्ताको कार्यालयले माघ ८ गतेनै पौडेलमाथि अनुसन्धान गरी कारबाही गर्न पत्राचार गरेकाे थियाे । साेही आधारमा उनलाई पक्राउ गरिएको हाे ।

    प्रहरीले पौडेललाई आजै अदालतमा पेस गरी अनुसन्धानका लागि तीन दिनको म्यादसमेत लिएको छ ।  उनीविरुद्ध विद्युतीय अपराधको कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend