अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

images
बिहिवार, माघ १६ २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।  

    सभापति लामिछानेलाई सेलुलाइटिसको उपचारपछि आज अस्पतालबाट डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ ।  

    माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा सभापति लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो । चोटपछि औषधि सेवन गर्दा सुधार नआएर सङ्क्रमण बढ्दै जाँदा सेलुलाइटिस भएपछि उनी १३ गते अस्पतालमा भर्ना भएका थिए।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend