काठमाडौं । ५ सय किलो गाँजासहित भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट नौ जना पक्राउ परेका छन् । आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना बिहीबार पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार शङ्कास्पद गतिविधिमा संलग्न उनीहरू एउटा ट्र्याक्टरमा आफ्नो गन्तव्यतर्फ गइरहेका थिए ।
प्रहरीले ना७त ३५० नम्बरको ट्र्याक्टरमा जाँच गर्दा ४३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको हो ।
पक्राउ परेकाहरुलाई हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
.jpg)
