सिरहामा खेतमा काम गरिरहेका किसानको गोली हानी हत्या

सिरहामा खेतमा काम गरिरहेका किसानको गोली हानी हत्या

images
शुक्रवार, माघ १७ २०८२
  • सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा गोली हानी एक युवकको हत्या भएकाे छ। सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो ।

    सदरमुकामदेखि करिब डेढ किलोमिटरको दूरीमा रहेको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा यादवमाथि गोली प्रहार भएको थियो । गोली उनको छातीमा लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनाको जानकारी पाउना साथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ । मृतक यादव खेती किसानीमा आबद्ध थिए । उनको हत्या कसले र किन गर्‍यो भन्ने विषय नखुलेकाे प्रहरीले जनाएकाे छ ।

    मृतककाे शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend