साफ महिला च्याम्पियनसिप फुटबल : नेपाल  भुटानसँग भिड्दै

साफ महिला च्याम्पियनसिप फुटबल : नेपाल  भुटानसँग भिड्दै

images
सोमवार, माघ २० २०८२
  • पोखरा ।  १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् ।  पहिलो खेल बङ्गलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । यसैगरी घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग प्रतिस्पर्धा गर्नेछ । 


    पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको यो खेलमा नेपाल र भूटान दुबै यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाललाई भारतले १–० गोलले जितेको थियो भने भुटान बङ्गलादेशसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो ।
     
    त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भूटान दुबै टोली दबाबमा छन् । फाइनल सम्भाबना कायम राख्न आज नेपाल र भुटान दुवै टोलीले जित्नै पर्ने हुन्छ ।  बङ्गलादेश र भारतले भने एक÷एक खेल जितेर समान तीन अङ्क जोडेका छन् । 

    प्रतियोगितामा यसपटक चार टोलीले मात्र सहभागिता जनाएका छन् । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भएको प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा खेलाइएको छ ।  जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन् ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend