काठमाडौँ । पेस्तोलसहित तीन जनालाई प्रहरीले ललितपुरबाट नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले मंगलबार तीन जनालाइृ पेस्तोलसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिकाका २२ वर्षीय सुमन तामाङ, रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाका २२ वर्षीय सुशील स्याङ्तान र सुनसरीको धरान उपमहानगरपालिकाका १८ वर्षीय विप्लव राई रहेको शसस्त्र प्रहरी बलले जनाएको छ ।
पक्राउ पछि थप अनुसन्धानका लागि उनीहरुलाइ शसस्त्रले नेपाल प्रहरीलाई बुझाईदिएको छ ।
.jpg)
