इंग्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

इंग्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

images
आइतवार, माघ २६ २०८२
  • काठमाडाैं ।आईसीसी पुरुष टी– २० विश्वकपमा इंग्ल्यान्डले नेपालसामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा इङ्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रन जोड्यो ।

    उसका लागि कप्तान ह्यारी ब्रुक र जेकोब बेथेलले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका बेथेलले ४ छक्का र ४ चौका प्रहार गर्दै ५५ रन जोडे । ब्रुकले ३२ बलमा ५३ रनको योगदान दिए । यस्तै, विल ज्याक्सले अविजित ३९ रनको योगदान दिए । १८ बल खेलेका उनले ४ छक्का प्रहार गर्दै इंग्ल्यान्डको इनिङ्स उकासे । जोस बटलरले २६ रन बनाए ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend