काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् ।
ब्यक्तिगत सामाजिक संजाल फेसबुकमा बिभिन्न सामग्री पोष्ट गरेर घृणा वा द्वेष फैलाउने कार्य तथा गोपनीयता भंग गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू २६ माघमा आफनो फेसबुकमार्फत् सार्वजनिक गरेका थिए । सोही विषयमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
भट्टराईमाथि विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रकृया अघि बढाइएको प्रहरीले जानकारी दिएकाे छ ।
.jpg)
