निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

images
बुधवार, फाल्गुण १३ २०८२
  • काठमाडाैं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने क्रममा घाइते हुने सुरक्षाकर्मीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको छ।

    मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी र निर्वाचन प्रहरी घाइते भएमा उनीहरूको उपचार खर्च नेपाल सरकारले बेहोर्ने जानकारी दिए।

    निर्वाचन अवधिमा कुनै सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई सरकारले आर्थिक सहायतासमेत उपलब्ध गराउने निर्णय भएको अर्यालले बताए । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend