चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा भएका आगजनीको आरोप पुराना दलहरूलाई लगाएका छन् ।
शुक्रबार चितवनमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । “सिंहदरबार त्यसैले जलाए, जसले त्यसलाई भ्रष्टाचारको अखडा बनाए” उनले भने ।
आफूहरू जनतालाई सुशासनको प्रत्याभूति गराउन आएको उनको भनाइ थियो । उनले भने, “हामीलाई यसपटक हेर्नुस् परिवर्तन नभए तपाईँहरूको पार्टीमा समाहित हुन्छौँ ।” पाँच वर्ष रास्वपालाई काम गर्ने अवसर दिनसमेत उनले मतदातालाई आग्रह गरे ।
.jpg)
