काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ५० हजार मतान्तरमा चुनाव हारेका छन् । उनले गत चुनावमा सबैभन्दा बढी मतान्तरमा चुनाव जितेका थिए ।
२०६४ सालको पहिलो संविधानसभा बाहेक २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएको र नेकपा एमालेको समेत निक्कै बलियो आधार भएको झापा क्षेत्र नम्बर ५ मा ओली यसपटक राष्टिय स्वतन्त्र पार्टी ( रास्वपा) का वरिष्ठ नेता बालेन शाहसँग लज्जास्पद पराजय ब्यहोर्न पुगेका हुन् । त्यहाँ काठमाडौं महानगरपालिकाको मेयर छोडेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा भिड्न पुगेका बालेन शाह निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार, बालेन ६८,३४८ मतसहित निर्वाचित भएका हुन् । एमाले अध्यक्ष ओलीले भने १८,७२४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ मतको अन्तर छ ।
बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीकै रुपमा प्रस्तावित गरेर चुनावमा गएको थियो । अहिले रास्वपाले देशभर उछालपूर्ण नतिजा ल्याईरहेको छ ।
.jpg)
