राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण, स्थानीयहरु हर्षित

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण, स्थानीयहरु हर्षित

images
मंगलवार, फाल्गुण २६ २०८२
  • म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका स्थानीयले अब जिल्ला सदरमुकाम बेनी आउन परम्परागत पदमार्ग सहज प्रयोग गर्न पाउने भएका छन् । राहुघाट पिप्ले बगैँचा जोडने पदमार्ग नहुँदा गाँउपालिकाको वडा नम्बर १, २, ३, ४, ७ र ८ का स्थानीय बासिन्दालाई जिल्ला सदरमुकाम बेनी आउन सकस परिरहेको थियो । 

    रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएसँगै अहिले स्थानीयहरु सहज जिल्ला सदरमुकाम आउन सक्ने भएका छन् । 

    सडक निर्माणसँगै विस्थापित भएको रघुगङ्गा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडाका बासिन्दाले जिल्ला सदरमुकाम बेनी आउन जान प्रयोग गर्ने परम्परागत पदमार्गलाई पुनःनिर्माण र ब्यवस्थित गरिएको हो । 

    एकीकृत सेवा कार्यालय म्याग्दीको सहयोगमा राहुघाटदेखि बगैँचातर्फ ८० मिटर पक्की सिँढी र १३७ मिटर दूरीमा फलामको रेलिङसहितको पदमार्ग निर्माण गरिएको त्यहाँको उपभोक्ता समितिका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिएका छन् । 


    दुई दशकअघि सडकको मार्ग खुलेपछि विस्थापित बनेको पदमार्ग पछिल्लो समय पहिरोका कारण छियाछिया हुँदा विषेश गरेर घाटमा शव ल्याएर आउन मलामीलाई असहज भएको थियो । भिरालो र अप्ठ्यारो ठाउँमा पदमार्ग तथा रेलिङ बनेपछि सहज र सुरक्षित रूपमा यात्रा गर्न पाएकोमा अहिले स्थानीयहरु हर्षित देखिएका छन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend