काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति जुटेको छ । अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो । अध्यक्षका लागि शर्माका अलावा रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी दिएका थिए । तर रोबिन र रबिन दुवै जनाले शर्मालाई अध्यक्ष स्वीकारेर आफुहरु उनको नेतृत्वको टिममा बसेर काम गर्न तयार भएपछि सहमति जुटेको हो ।
सहमति पछि आज अन्तिम दिन सर्वसहमतिमा टिम घोषणाको तयारी भएको छ । सर्वसम्मत नेतृत्व चयन गरेर आज अधिवेशन सकिनेछ । निर्वाचन समितिले सबै पदको नजिता एकै पटक सार्वजनिक गर्ने जनाएको छ ।
एनआरएन निर्वाचन समितिका अनुसार आजै कार्यसमितिको सबै विवरण सार्वजनिक गरिनेछ । निर्वाचन भन्दा पनि सहमतिका आधारमा कार्यसमिति चयन गर्न लागिएको बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आथित्यतामा आइतबार साँझ पाँच बजे समापन समारोह आयोजना गरिएको एनआरएनए सचिवालयले जनाएको छ ।
शनिबारदेखि शुरु भएको एनआरएनए १२ औं अधिवेशन आज सम्पन्न हुँदैछ ।
.jpg)
