राष्ट्रपतिलाई बुझाइयो प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन

राष्ट्रपतिलाई बुझाइयो प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन

images
बिहिवार, चैत्र ५ २०८२
  • काठमाडौँ । निर्वाचन आयोगले फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ । 

    राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शितल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन्। 

    प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागीपरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गरे। उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद दिए । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend