भक्तपुर । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेका छन् । उनलाई प्रहरीले शनिबार (आज) बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाटै पक्राउ गरेको हो । गत भदौं २३ र २४ को जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयपछि पूर्वगृहमन्त्री लेखक पक्राउ परेका हुन् ।
उक्त घटनाका बेला लेखक गृहमन्त्री थिए ।
सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका लेखकलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई पक्राउ गरी काठमाडौँ परिसरमा लगेको छ ।
.jpg)
