ओली र लेखकलाई पक्राउ गरेपछि बोले गृहमन्त्री -पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत

ओली र लेखकलाई पक्राउ गरेपछि बोले गृहमन्त्री -पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत

images
शनिवार, चैत्र १४ २०८२
  • काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउपछि गृहमन्त्री सुधन गुरुङ बोलेका छन् । उनले दुई नेताको पक्राउ कुनै राजनीतिक प्रतिशोध नभई न्यायाको सुरुवात भएको बताएका छन् । उनले कानुनभन्दा माथि कोही पनि नरहेको बताएका छन् । 

    गत भदौ २३ गतेको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न गठित आयोगले कारवाही सिफारिस गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको उनको भनाई छ । 


    “कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ, यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो”, मन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

    उनले अब देशले नयाँ दिशा लिने विश्वाससमेत व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । 

    आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखकलगायतमाथि फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा प्रहरीले आज बिहानै ओली र लेखकलाई पक्राउ गरेको हो । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend