पक्राउ पछि अस्पतालमा भर्ना भए केपी ओली

पक्राउ पछि अस्पतालमा भर्ना भए केपी ओली

images
शनिवार, चैत्र १४ २०८२
  • काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना भएका छन् । गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा प्रहरीले उनलाई शनिबार बिहान आफ्नै निवास भक्तपुर सूर्यबिनायक गुन्डुबाट पक्राउ गरेको थियो । पक्राउ पछि स्वास्थ्य परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएका ओलीलाई सोही अस्पतालमा भर्ना गरिएको छ । 

    उनलाई अस्पतालको ५०१ नम्बर बेडमा भर्ना गरिएको छ । 


    स्वास्थ्य परिक्षणका बेला उनलाई सुरुमा रेड जोन २७ नम्बर बेडमा राखेर  परिक्षण गरिएको थियो । मृगौला रोगी ओली को त्यहाँ नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले रक्त जाँच र भिडियो एक्सरे गरेका थिए । त्यसपछि उनलाई अहिले सोही अस्पतालको एनेक्स वानको  ५०१ नम्बर बेडमा भर्ना गरिएको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend