हेटौडा । मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार चट्याङ लागेर ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको भने उपचार भईरहेको छ ।
थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
.jpg)
