प्रचण्डको पार्टीमा ४५ सदस्यीय केन्द्रीय हाईकमाण्ड (नामसहित)

प्रचण्डको पार्टीमा ४५ सदस्यीय केन्द्रीय हाईकमाण्ड (नामसहित)

images
शुक्रवार, चैत्र २० २०८२
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय हाईकमाण्ड गठन भएको छ । पार्टीभित्र चुनाव अगाडी विभिन्न कम्युनिष्ट घटक पार्टी तथा समुहहरु एकता प्रक्रिायमा सामेल भएकाले नेकपाले अबको महाधिवेशनसम्म पार्टीको केन्द्रीय नीति निर्माणको काम गर्नेगरी त्यस्तो हाइकमाण्ड बनाएको हो । 

    जसलाई केन्द्रीय कार्यसंयोजन समिति नाम दिइएको छ । पार्टी एकताका क्रममा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाललाई बनाइएको थियो । त्यसपछिको वरियतामा झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र भीम रावल हुनेगरी तय गरिएको थियो । 
    सबै घटकबाट आएका नेताहरुलाई सहभागी गराएर जम्बो केन्द्रीय समिति बनाएको नेकपाले पार्टीको काम संयोजन गर्न केन्द्रीय कार्यसंयोजन समिति बनाएको हो । यस्तो समितिमा पार्टी एकतमा आउने सबै पार्टी घटक नेताहरुलाई समेटिएको बताइएको छ । 
    यो संयोजन समितिमा पूर्व माओवादी केन्द्रबाट १९ जना नेताहरु सहभागी छन् । झण्डै त्यही हाराहारीमा पूर्व नेकपा एकीकृत समाजवादीका नेताहरुलाई पनि केन्द्रीय कार्यसंयोजन समितिमा समेटिएको छ । 

    पार्टीको काम कारवाही अगडाी बढाउन पार्टीले ४५ सदस्यीय केन्द्रीय कार्यसंयोजन समिति बनाएको नेता प्रेमबहादुर सिंहले जानकारी दिए । उनका अनुसार, यो उच्चस्तरीय संन्यत्र हो । यो संन्यत्रको पहिलो बैठक पनि बिहिबार बसेको नेता सिंहले जानकारी दिए । 


    को को छन् केन्द्रीय कार्यसंयोजनमा ?

    १. पुष्पकमल दाहाल ‘प्रचण्ड’ – संयोजक
    २. माधवकुमार नेपाल – सहसंयोजक
    ३. भलनाथ खनाल – सदस्य
    ४. बामदेव गौतम – सदस्य
    ५. नारायणकाजी श्रेष्ठ – सदस्य
    ६. अग्निप्रसाद सापकोटा – सदस्य
    ७. कृष्णबहादुर महरा – सदस्य
    ८. नारायण श्रेष्ठ – सदस्य
    ९. डा. गंगालाल तुलाधर – सदस्य
    १०. गिरिराजमणि पोखरेल – सदस्य
    ११. गोपाल किराती – सदस्य
    १२. चक्रपाणि खनाल – सदस्य
    १३. चेत बहादुर पुन – सदस्य
    १४. जनार्दन खतिवडा – सदस्य
    १५. जयन्तीदेवी राई – सदस्य
    १६. डिलाराम आचार्य – सदस्य
    १७. दिनानाथ शर्मा – सदस्य
    १८. देवप्रसाद गुरुङ – सदस्य
    १९. देवेन्द्र पौडेल – सदस्य
    २०. नन्दबहादुर पुन – सदस्य
    २१. पम्फा भुसाल – सदस्य
    २२. प्रकाश ज्वाला – सदस्य
    २३. प्रमेश कुमार हमाल – सदस्य

    २४. प्रेमबहादुर सिंह – सदस्य
    २५. डा. वेदुराम भुसाल – सदस्य
    २६. भानुभक्त जोशी – सदस्य
    २७. डा. भीम रावल – सदस्य
    २८. मदनकुमारी (गरिमा) शाह – सदस्य
    २९. महेन्द्र राय यादव – सदस्य
    ३०. मातृका प्रसाद यादव – सदस्य
    ३१. मेटमणि चौधरी – सदस्य
    ३२. रञ्जिता श्रेष्ठ – सदस्य
    ३३. राजेन्द्र कुमार राई – सदस्य
    ३४. राजेन्द्र श्रेष्ठ – सदस्य
    ३५. राजेन्द्रप्रसाद पाण्डे – सदस्य
    ३६. रामकुमार भट्टराई – सदस्य
    ३७. रामचन्द्र झा – सदस्य
    ३८. लीलामणि पोखरेल – सदस्य
    ३९. वर्षमान पुन – सदस्य
    ४०. शक्तिबहादुर बस्नेत – सदस्य
    ४१. श्रीराम ढकाल – सदस्य
    ४२. सुनिलकुमार मानन्धर – सदस्य
    ४३. सुवासराज काफ्ले – सदस्य
    ४४. हितमान शाक्य – सदस्य
    ४५. हितराज पाण्डे – सदस्य

    661702783_26481049608157560_3740896838093214075_n.jpg

     

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend