देशका धेरै ठाउँमा आज वर्षाको सम्भावना, हावाहुरी पनि चल्ने

देशका धेरै ठाउँमा आज वर्षाको सम्भावना, हावाहुरी पनि चल्ने

images
बुधवार, चैत्र २५ २०८२
  • काठमाडौं । आज बुधबार देशका धेरै ठाँउमा वर्षको सम्भाबना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलबार साँझबाट सक्रिय बनेको मौसमी प्रणालीका कारण त्यस्तो सम्भाबना देखिएको हो । 
    विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ। यही प्रणालीका कारण पहाडी र हिमाली भूभागमा हल्का वर्षा भइरहेको छ।

    आज बुधबार भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा कोशी र बागमतीका पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै, मधेश प्रदेशलगायत कोशी र बागमतीका तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ। 
    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा भने भारी वर्षाको आकलन पनि गरिएको छ। ‘मधेश, लुम्बिनी, गण्डकी, बागमती र कोशीका पहाडी र तराई भूभागमा केही स्थानमा हावाहुरीको पनि सम्भावना छ,’ मौसम विभागले भनेको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend