पक्राउ पुर्जीको चर्चा बीच देउवाको स्पष्टीकरण :‘भ्रामक प्रचार, मेरो जीवन खुला किताब’

पक्राउ पुर्जीको चर्चा बीच देउवाको स्पष्टीकरण :‘भ्रामक प्रचार, मेरो जीवन खुला किताब’

images
बुधवार, चैत्र २५ २०८२
  • काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानसँग जोडिएको विषयमा आफ्नो नाम सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले उक्त प्रकरणलाई भ्रामक र झुटा प्रचारबाजी भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै आफ्नो र परिवारको सम्पत्तिसम्बन्धी विषयलाई अतिरञ्जित ढंगले प्रस्तुत गरिएको दाबी गरेका हुन्।

    देउवाले सार्वजनिक पदमा रहँदा कानुनअनुसार आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरिसकेको स्पष्ट पारेका छन्। उनले आफ्नो जीवनलाई “खुला किताब” जस्तै रहेको उल्लेख गर्दै वास्तविकता समयसँगै प्रष्ट हुँदै जाने बताएका छन्।

    वक्तव्यमा उनले लोकतन्त्र, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताका पक्षमा आफूले जीवनभर संघर्ष गरेको पनि स्मरण गरेका छन्। भ्रष्टाचार नियन्त्रणका लागि आफू गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी कानुन र प्रधानमन्त्री हुँदा २०५९ सालमा भ्रष्टाचार निवारण ऐन कार्यान्वयनमा ल्याएको पनि उनले उल्लेख गरेका छन्।

    हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै देउवाले सार्वजनिक रूपमा फैलाइएका विवरणप्रति भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्। उनले वास्तविकता क्रमशः बाहिर आउने विश्वास व्यक्त गरेका छन्।


    हेर्नुहोस् देउवाको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको वक्तब्य

    आदरणीय दाजुभाइ, दिदी बहिनी तथा साथीहरू,

    म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ ।

    म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।

    नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।

    देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ ।

    मेरो जीवन एउटा खुल्ला पुस्तकका रूपमा रहेको छ ।

    भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागु भएको सर्वविदित नै छ ।

    स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।

    वास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरुञ्जना गरी सार्वजिनक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।

    जय नेपाल।

    शेरबहादुर देउवा

    b2127347-facf-4b50-9c3b-3eefdbab9ab8.jpg
    undefined

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend