रहिनन् प्रसिद्ध गायिका आशा भोसले

रहिनन् प्रसिद्ध गायिका आशा भोसले

images
आइतवार, चैत्र २९ २०८२
  • काठमाडाैं। भारतीय प्रख्यात गायिका आशा भोसलेको  निधन भएको छ । 

    मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचाररत उनको ९२ वर्षकाे उमेरमा आइतबार निधन भएको हाे । चिकित्सकका अनुसार बहु–अङ्ग विफलताका कारण उनले अन्तिम सास लिएकी हुन् । 

    अत्यधिक थकान र छातीमा सङ्क्रमण भएपछि आशा भोसलेलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो । उपचार जारी रहे पनि अवस्था जटिल बन्दै गएको चिकित्सकहरूले बताएका थिए ।

    सन् १९३३ मा जन्मिएकी आशाले अत्यन्तै सानो उमेरमै आफ्नो सङ्गीत यात्रा सुरु गरेकी थिइन् ।  उनका लोकप्रिय गीतहरूमा ‘दिल चीज क्या है’, ‘पिया तु अब तो आजा’, ‘मेरा कुछ सामान’ र ‘चुरा लिया है तुमने’ जस्ता कालजयी रचना समावेश छन्।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend