जेनजी आन्दोलनका क्रममा डडेल्धुरा कारागारबाट भागेका एक कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा डडेल्धुरा कारागारबाट भागेका एक कैदी पक्राउ

images
आइतवार, चैत्र २९ २०८२
  • दशरथचन्द (बैतडी) । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार एक जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । 

    पाटन नगरपालिका–८ सलमारीका ३४ वर्षीय रमेश विष्टलाई पक्राउ गरिएको हो । 

    जबर्जस्ती करणीको मुद्दामा कैद सजाय तोकिएका विष्टलाई प्रहरीले आज निजको घरबाट पक्राउ गरेको हो । उनी गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा डडेल्धुरा कारागारबाट फरार भएका थिए ।  

    गोप्य सूचनाका आधारमा आज प्रहरीचौकी खोड्पेबाट प्रहरी नायब निरीक्षक उदयसिंह खडायतको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend