सर्वोच्चद्वारा कांग्रेस विवादमा गगन थापा नेतृत्वलाई मान्यता, देउवा समूहको रिट खारेज

सर्वोच्चद्वारा कांग्रेस विवादमा गगन थापा नेतृत्वलाई मान्यता, देउवा समूहको रिट खारेज

निर्वाचन आयोगको निर्णय सदर, विशेष महाधिवेशनबाट बनेको कार्यसमिति वैधानिक ठहर

images
शुक्रवार, बैशाख ४ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वलाई वैधानिक ठहर गरेको छ । शुक्रबार राति करिब १०:१५ बजे न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको हो ।

    अदालतले निर्वाचन आयोगले दिएको मान्यतालाई कानुनसम्मत ठहर गर्दै शेरबहादुर देउवा पक्षले दायर गरेको रिट निवेदन खारेज गरिदिएको छ । यससँगै विशेष महाधिवेशनलाई अस्वीकार गर्नुपर्ने देउवा समूहको माग पनि असफल भएको छ ।

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले संक्षिप्त आदेश सार्वजनिक गरेका छन् । सुनुवाइका क्रममा थापा पक्षका तर्फबाट हरिहर दाहाल, सीताराम केसी, गोपालकृष्ण घिमिरे, सेमन्त दाहाल, दीनमणि पोखरेल, चन्द्रकान्त ज्ञवाली, पूर्णमान शाक्य, शैलेन्द्र दाहाल र यदुनाथ खनालसहितका अधिवक्ताले बहस गरेका थिए ।

    त्यसैगरी, रिट निवेदक देउवा पक्षका तर्फबाट रमेश बडाल, रमण श्रेष्ठ र गोविन्द बन्दीले पैरवी गरेका थिए ।

    पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि असन्तुष्ट देउवा समूह सर्वोच्च अदालत पुगेको थियो । यसअघि माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीहरूसँग लिखित जवाफ माग गरेको थियो ।

    त्यसपछि सम्बन्धित पक्षहरूले लिखित जवाफ बुझाएपछि चैत २१ का लागि तोकिएको पेसी पछि सारेर बिहीबारका लागि राखिएको थियो । तर उक्त दिन सुनुवाइ नसकिएपछि शुक्रबार अन्तिम सुनुवाइ गरी अदालतले फैसला सुनाएको हो ।

    यस्तो छ कांग्रेस विवादमा गगन थापा नेतृत्वलाई मान्यता दिने सर्वोच्चको संक्षिप्त आदेशको पूर्णपाठ :

    671692308_26834114056213868_2803597319149788424_n.jpg
    672144954_26834114482880492_1299949106327031869_n.jpg
    673555813_26834114826213791_7931082849188589710_n.jpg
    671736708_26834115292880411_6849492382204929827_n.jpg
    671812130_26834115909547016_5987101608209220210_n.jpg
    673116702_26834116316213642_5918191456292140373_n.jpg

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend