काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।
राजीनामाको घोषणा गर्दै बुधबार उनले सामाजिक सञ्जालमा लेखेका छन्, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।”
केहिदिनयता आफ्ना बारेमा उठेका शेयरलगायत विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको उनले जनाएका छन् ।
गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए ।
.jpg)
