काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा रहेका घरटहरा भत्काउन आज बिहानदेखि डोजर चलाइएको छ।
सरकारले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै बस्ती खाली गर्न निर्देशन दिएको थियो। सोहीअनुसार केही बासिन्दाले वैकल्पिक बसोबासको खोजी गरेका छन् भने धेरै अझै कहाँ जाने भन्ने अन्योलमा छन्।
स्थानीय र सरोकारवालाले सुकुम्बासीको उचित व्यवस्थापन नगरी हटाउनु मानवीय रूपमा अनुचित हुने भन्दै विरोध जनाउँदै आएका थिए। उनीहरूले पुनर्स्थापनाको स्पष्ट नीति बनाएपछि मात्र हटाउनुपर्ने माग गरेका थिए।
तर ती आवाजलाई बेवास्ता गर्दै सरकारले आज बिहानदेखि बस्ती खाली गराउने अभियान अन्तर्गत डोजर प्रयोग गरेको हो।
हेर्नुहोस् तस्विरहर
.jpg)
