मनोहराको सुकुम्बासी बस्तीमा डोजरः सुरक्षाकर्मीको बाक्लो उपस्थिति (तस्बिरहरु)

मनोहराको सुकुम्बासी बस्तीमा डोजरः सुरक्षाकर्मीको बाक्लो उपस्थिति (तस्बिरहरु)

images
आइतवार, बैशाख १३ २०८३
  • काठमाडौं। मनोहरास्थित सुकुमसी बस्तीमा आज सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाइएको छ । अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरी बस्तीमा बल प्रयोग गरेको हो ।

    बस्ती भत्काउनका लागि ठूला डोजर (जेसीबी) हरू तैनाथ गरिएको छ । केही स्थानीय बासिन्दाहरू आफैँले आफ्नो छाप्रोको छाना र बाँसका संरचनाहरू भत्काउँदै गरेको दृश्यले पीडितहरूको पीडा झल्काउँछ । आफ्नो बस्ने बास खोसिएपछि उनीहरू घरायसी सामानहरू कसेर ट्रकमा लोड गरेर सुरक्षित स्थानतर्फ सर्न बाध्य देखिएका छन् ।

    सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ र पूर्ण तयारीका साथ सुरक्षाकर्मीहरू त्यहाँ तैनाथ छन् । डोजरको प्रयोग र सुरक्षा निकायको उपस्थिति बाक्लो बनाइँदा सो क्षेत्रमा तनाबको स्थिति सिर्जना भएको छ ।

    682319206_1010958307922779_1845806772852567246_n.jpg
    675756096_1007288042191660_5126065577380010270_n.jpg
    676391426_965225752559362_4401949580275420218_n.jpg

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend