सरकारी कर्मचारीले १५ दिनमै पाउन थाले तलब

सरकारी कर्मचारीले १५ दिनमै पाउन थाले तलब

images
बुधवार, बैशाख १६ २०८३
  • काठमाडौं । सरकारी कर्मचारीले १५ दिनमै तलव पाउन थालेका छन् । १५ - १५ दिनमा सरकारी कर्मचारीलाई तलव दिने र त्यसले बजारमा नियमित नगद प्रवाह बढाउने र उपभोगलाई सन्तुलित बनाउने सरकारको अपेक्षाका बीच सरकारी कर्मचारीलाई आज देखि १५ दिनमै तलव दिन थालिएको हो । 

    अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आधा आधा महिनामा सरकारी कर्मचारीलाई तलव उपलब्ध गराउन गरेको निर्देशनका आधारमा सरकारले यस्तो ब्यवस्था गरेको हो । सो ब्यवस्था अनुसार, अर्थमन्त्रीले आजै सिंहदरवारस्थित अर्थ मन्त्रालयमा अर्धमासिक तलब वितरणको औपचारिक शुभारम्भ गरेका थिए । 

    ‘१५ दिनमा तलब जाँदा बजारमा पैसा छिटो घुम्छ, जसले आर्थिक गतिविधि बढाउँछ,’ अर्धमासिक तलव वितरणको सुभारम्भ गदै अर्थमन्त्री बाग्लेले भने । 
    महालेखा नियन्त्रक कार्यालयले कम्प्युटराइज्ड प्रणाली SIGAS (सिगास) मार्फत तलब प्रविष्ट गरी कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाएर नयाँ अभ्यास सुरु गरिएको जनाएको छ। सोही अनुसार अर्थ मन्त्रालयका कर्मचारीले वैशाख महिनाको पहिलो १५ दिनको तलब प्राप्त गरिसकेका छन्।


    महालेखा नियन्त्रक शोभाकान्त पौडेलका अनुसार यो व्यवस्था क्रमशः प्रदेश तथा अन्य सेवाका कर्मचारीसम्म विस्तार गरिनेछ। ‘प्राविधिक रूपमा हामी तयार छौं, अब चरणबद्ध रूपमा सबै सरकारी कर्मचारीलाई १५–१५ दिनमै तलब दिने व्यवस्था मिलाइन्छ,’ उनले भने।


    गत वैशाख ४ गते सरकारले यो व्यवस्था परीक्षणका रूपमा अघि बढाउने निर्णय गरेको थियो, जसको प्राविधिक तयारी ११ दिनमै पूरा गरेर कार्यान्वयनमा ल्याइएको अर्थ मन्त्रालयले जनाएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend