काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबाट एक वृद्ध दुई दिनदेखि हराइरहेका छन्। भारत घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–६, दक्षिणढोका नमुना चोकमा बसोबास गर्दै आएका ६५ वर्षीय उमेश सिंह बेपत्ता भएको परिवारले जनाएको छ।
परिवारका अनुसार, सिंह दुई दिनअघि घरबाट निस्किएपछि सम्पर्कविहीन भएका हुन्। उनको हुलिया अनुसार उचाइ करिब ५ फिट ६ इन्च, कालो वर्ण, सेतो कपाल रहेको छ। हराउँदा उनले खैरो टिसर्ट र कालो पाइन्ट लगाएका थिए भने चप्पल नलगाएको अवस्थामा रहेको बताइएको छ।
उनी गोकर्ण र पशुपति क्षेत्रतिर जान सक्ने आशंका परिवारले गरेको छ। घटनाबारे प्रहरीमा उजुरी दिइएको भए पनि हालसम्म उनको अवस्था अज्ञात रहेको छ।
सिंहका छोरा सुमन सिंहले ९८१८१०३९७४ नम्बरमार्फत सम्पर्क गर्न अनुरोध गरेका छन्। उनकी छोरी सबिना बरालका अनुसार आफन्त तथा स्थानीयको सहयोगमा खोजी कार्य जारी रहे पनि अझैसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन। ‘हराईरहनु भएका ब्यक्ति मेरो ठूलो बुबा हुनुहुन्छ, उहाँको खोजीका लागि सबैले सकेको सहयोग गरिदिनु भए आभारी हुने थियौं,’ आफन्त छोरी सबिनाले आग्रह गरिन् ।
यदि कसैले उमेश सिंहलाई देखे वा कुनै जानकारी पाए नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई तत्काल खबर गर्न आग्रह गरिएको छ।
.jpg)
